सुवास ऐयरको उत्कृस्ट अल-राउण्ड प्रदर्शन , प्रदेश-७ को जित

  • विकेटनेपाल, बैशाख-२० 

काठमाडौँमा जारि मनमोहन अन्तर-प्रदेश अन्डर-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा प्रदेश-७ ले जित हाँसिल गरेको छ। प्रदेश-२ र प्रदेश-१ बीचको खेल भने वर्षाको कारण पुरा हुन नपाउदा दुवै टिमले १-१ अंक बाँड्नु पर्यो।

पहिलो खेल :- प्रदेश-२ Vs  प्रदेश-१ 

टियु मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश-२ ले ३० ओभरमा ७ विकेट गुमाएर १८८ रनको योगफल तयार गरेको थियो।

प्रदेश-२ को लागि रोहन बिकले सर्वाधिक ६२ ( ५७ बलमा ५ चौका र ४ छक्का ) तथा परसुराम यादबले अविजित ५१ रन ( ४५ बलमा ४ चौका ) बनाए। प्रदेश-१ बलर सिमरन राईले ३ तथा सोनु मण्डलले २ विकेट लिए।

१८९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ ३३/३ ( ११.५ ओभर ) को अवस्थामा रहंदा बर्षाले खेल रोकिएको थियो। पुनः खेल सुचारु नहुँदा दुवै टिमले १/१ अंक बाँडे।

दोश्रो खेल : प्रदेश-७ को जितमा सुवास ऐयरको उत्कृस्ट अल-राउण्ड प्रदर्शन 

दिनको दोश्रो खेलमा प्रदेश-७ ले कर्णाली प्रदेशलाई ३५ रनले पराजित गर्यो।

दिनको दोश्रो खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश-७ ( सुदुरपश्चिम ) ले २२ ओभरमा ८ विकेट गुमाएर ११४ रनको योगफल तयार गरेको थियो। उसको लागि कप्तान सुवास ऐयरले ५४ रन ( ४६ बलमा ८ चौका ) तथा धिरेन्द्र ठाकुरले १२ रन बनाए।

कर्णाली प्रदेशका बलर मोहन गुरुङले ३ तथा ऋतिक जनघ शाह र युनिश बिक्रम सिंहले २/२ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशले १८.४ ओभरमा ७९ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। ऋतिक जनघ शाहले १९, बिबेक शाहीले १७ तथा युनिश बिक्रम सिंहले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा कर्णाली प्रदेश पराजित हुन पुग्यो।

प्रदेश-७ को लागि सुवास ऐयरले सर्वाधिक ३ विकेट ( २.४-०-१०-३ ) तथा संदेश भट्टले २ विकेट लिए।

खेलको प्लेयर अफ द  म्याच सुवास ऐयर चुनिए। ऐयर यु-१६ राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत हुन्।

Suwash Aiyer

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा प्रदेश-५ र प्रदेश-१ तथा दोश्रो खेमा प्रदेश-६ र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन्।

अंकतालिका 

Group A

S.N Region Played Won Loss NR For Against Points Net. Run rate
1. Province No. 3 2 2 0 200/27.999 195/60 4* +3.893
2. Sudurpaschim (Province No. 7) 2 2 0 207/44.833 169/52 4 +1.367
3. Gandaki (Province No. 4) 2 0 2 189/60 196/39.666 0 -1.791
4. Karnali (Province No.6) 2 0 2 175/52 211/33.166 0 -2.996

Group B

S.N Region Played Won Loss NR For Against Points Net. Run rate
1. Province No. 2 1 0 0 1     1  
2. Province No. 1 1 0 0 1     1  
3. Province No. 5                

 

प्रतियोगिता बैशाख १८ देखी २४ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाईएको छ । दुई समूह मध्येका शीर्ष दुई टोली सेमिफाईनलमा प्रवेश गर्ने छन् । समूह ‘ए’ मो प्रदेश ७, गण्डकी प्रदेश, प्रदेश ३ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा प्रदेश २, प्रदेश १ र प्रदेश ५ रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्ने छ । विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने आयोजकले जनाएको छ ।

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]