अन्तिम बलसम्म पुगेको रोमान्चक खेलमा सिड्नीद्वारा पर्थ १ रनले पराजित ( भिडियो सहित )

  • विकेटनेपाल, पुष १८ – बुधबार 

अन्तिम बलसम्म पुगेको रोमान्चक खेलमा पर्थ स्कर्चर्सलाई सिड्नी थन्डर्सले १ रनले पराजित गरेको छ।

बिग ब्यास लिग अन्तर्गत १७ औं खेलमा जित दर्ता गर्दै सिड्नी थन्डर्स तेश्रो जितको साथ अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। ५ खेलमा थन्डर्सलेले ३ जित र २ हार बेहोरेको छ भने समान खेलमा १ जित र ४ हार बेहोर्दै पर्थ अंकतालिकाको सातौँ स्थानमा रहेको छ। होबर्ट हरिकेन्स ४ खेलमा ४ वटै जितको साथ लिगको शिर्ष स्थानमा रहेको छ।

सिड्नी सो ग्राउण्ड स्टेडियममा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै सिड्नी थन्डर्सले २० ओभरमा ६ विकेट गुमाएर १४२ रनको योगफल तयार गरेको थियो। उसको लागि ओपनर जोस बटलरले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै कालुम फर्गुसनले ४२ रन ( ३० बल , ५ चौका र १ छक्का ) प्रहार गरे।

पर्थको बलिङ्गमा एस्टोन एगरले २ विकेट ( ४-०-२७-२ ) हात पार्दा जेसन बेह्रेनडर्फ ( ३-०-२१-१ ) , नाथन कल्टर ( ४-०-२९-१ ) , एन्ड्रु टाई ( ४-०-३६-१ ) तथा झाई रिचर्डसन ( ४-०-१९-१ ) ले समान १/१ विकेट लिए।

अन्तिम बलमा जित्यो सिड्नी थन्डर्स  

१४३ रनको लक्ष्य पछ्याउने क्रममा पर्थले खराब सुरुवात गर्यो र पहिलो ५ विकेट ५४ रनको योगफलमा गुमाउन पुग्यो।

११.१ ओभरमा ५४/५ को नाजुक अवस्थामा पुगेको पर्थलाई पाँचौ नम्बरमा ब्याटिंग गरेका कप्तान एस्टन टर्नर र सातौँ नम्बरमा ब्याटिंग गरेका विलियम बोसिस्टोले उकासे। टर्नरले विस्फोटक ब्याटिंग गरे र बोसिस्टोले अर्को किनारमा साथ दिए।

अन्तिम ३ ओभरमा पर्थलाई जितको लागि ४३ रनको आवस्यकता थियो। क्रिस ग्रिनले गरेको आठारौ ओभरमा टर्नरले १ छक्का र १ चौका प्रहार गरे जसपछि जितको लागि २ ओभरमा २८ रन आवस्यक रह्यो।

१९ औं ओभरमा बलिङ्ग गरेका स्याम रेनबर्डले कसिलो बलिङ्ग गर्दै मात्र ८ रन खर्चदै ओभरमा एउटा पनि बाउन्ड्री लाग्न दिएनन्। फलस्वरूप पर्थलाई अन्तिम ओभरमा २० रन आवस्यक रह्यो।

रोमान्चक रह्यो अन्तिम ओभर 

अन्तिम ओभरमा बलिङ्ग गर्न ड्यानियल स्याम्स आए जसले त्यस अघि २ ओभरमा १८ रन खर्चिएका थिए।

ओभरको पहिलो बलमा टर्नरले २ रन लिए भने दोश्रो बलमा डिप-मिडविकेटमा चौका प्रहार गरे। ४ बलमा जित्न १४ रन आवस्यक थियो। ओभरको तेश्रो बलमा टर्नरले २ रन लिए.चौथो बलमा टर्नरले स्याम्सले गरेको फुलटस बलमा अर्को चौका प्रहार गरे। जितको लागि अब २ बलमा ८ रन आवस्यक रह्यो।

त्यसपछि दबाबमा आएका स्याम्सले लगातार २ बल वाईड गरे जसले जितको समीकरण २ बलमा ६ पुर्यायो। त्यसपछि पाँचौ बलमा टर्नरले २ रन मात्रै लिन सके। अन्तिम बलमा अब जित्नको लागि ४ रन आवस्यक रहयो र बराबरीको लागि ३ रन।

अन्तिम बलमा स्याम्सले गरेको सर्ट बललाई टर्नरले लंगअनमा हिर्काए। फिल्डरले बल समातेर फालुन्जेल टर्नर र बोसिस्टोले २ रन भन्दा बढी लिन सकेनन्। पर्थको योगफल २० ओभरमा १४१/५ पुग्यो र मात्र १ रनले पछि पर्दै खेल गुमाउन पुग्यो।

३६ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ६० रन बनाएका टर्नरले टिमलाई खेल भने जिताउन असफल रहे। बोसिस्टोले अविजित २३ रन बनाए। छैठौं विकेटको लागि दुवैले ८७ रनको साझेदारी गरे।

सिड्नी बलर फवाद एहमदले २ विकेट ( ४-०-२२-२ ) लिंदा जोनाथन कुक ( ४-०-१३-१ ) र क्रिस गरिन ( ४-०-३२-१ ) ले १/१ विकेट लिए।

अन्तिम ओभरको भिडियो

कालुम फर्गुसन खेलको प्लेयर अफ द म्याच चुनिए। बिग ब्यास लिग अन्तर्गत बिहिबार मेलबर्न रेनेगेड्स र एड्लेड स्ट्राइकर्स बीच खेल हुनेछ। खेल नेपाली समय अनुसार दिउसो २ बजे सुरु हुनेछ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]