बाबरको कप्तानीको टि-२० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषित

पाकिस्तान कप्तान बाबर आजमको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले टि-ट्वान्टी विश्वकप २०२१ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषित गरेको छ।

घोषित टिममा भारतीय टिमका कुनै पनि खेलाडी छैनन्। भारत प्रतियोगिताको सुपर-१२ चरणबाट बाहिरिएको थियो। यस्तै सुपर-१२ चरण पुगेका बंगलादेश, वेस्टइन्डिज, अफगानिस्तान, नामिबिया र स्कटल्याण्डका कुनै पनि खेलाडी टिममा छनोट भएनन्।

टिममा विश्वकप विजेता अस्ट्रेलियाका ३ जना खेलाडी छन्। उपविजेता न्युजिल्यान्डका मात्र एक जना खेलाडी मात्र टिममा अटाएका छन्। इंग्ल्यान्डका २ जना, श्रीलंकाका २ जना, दक्षिण अफ्रीकाका २ जना तथा पाकिस्तानका एक जना खेलाडी टिममा छन्।

सेमीफाइनल पुग्न असफल टिम दक्षिण अफ्रीकाका एनरिक् नोर्किया र एडेन मारक्रम तथा श्रीलंकाका अफ स्पिनर चरिथ असलंका र लेग स्पिनर वानिन्दु हसरंगा टिममा छन्। हसरंगा प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता समेत हुन् जसले ८ खेलमा १६ विकेट लिए।

विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट घोषित डेभिड वार्नर ओपनरको रुपमा टिममा छन् भने पेसर जोश हेजलवुड र लेग स्पिनर एडम जाम्पा टिममा छन्। इंग्ल्यान्डका जोस बटलर विकेटकिपरको रुपमा तथा न्युजिल्यान्डका देब्रे हाते पेसर ट्रेन्ट बोल्ट समाबेश छन्। बाह्रौं खेलाडीको रुपमा पाकिस्तानी पेसर शाहिन अफ्रिदी टिममा छन्।

टि-२० विश्वकप २०२१ को टिम अफ द टुर्नामेन्ट : डेभिड वार्नर ( अस्ट्रेलिया ) , जोस बटलर ( विकेटकिपर, इंग्ल्यान्ड ) , बाबर आजम ( कप्तान, पाकिस्तान ) , चरिथ असलंका ( श्रीलंका ) , एडेन मारक्रम ( दक्षिण अफ्रीका ) , मोईन अलि ( इंग्ल्यान्ड ) , वानिन्दु हसरंगा  ( श्रीलंका ) , एडम जाम्पा ( अस्ट्रेलिया ) , जोश हेजलवुड ( अस्ट्रेलिया ) , ट्रेन्ट बोल्ट ( न्युजिल्यान्ड ) , एनरिक् नोर्किया ( दक्षिण अफ्रीका ) , बाह्रौं खेलाडी – शाहिन अफ्रिदी ( पाकिस्तान )





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]