अस्ट्रेलियालाई पहिलो पटक टि-२० विश्वकपको उपाधि

न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक टि-२० विश्वकपको उपाधि जितेको छ।

एकदिवसीय विश्वकपको उपाधि ५ पटक जितेको अस्ट्रेलियाले टि-२० विश्वकपको उपाधि जित्न सातौँ संस्करण कुर्नु पर्यो। यस अघि सन् २०१० को टि-२० विश्वकपमा फाइनल पुगेको अस्ट्रेलिया इंग्ल्यान्डसंग पराजित भएको थियो।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट क्षेतीमा १८.५ ओभरमा पुरा गर्यो।

अस्ट्रेलियाको ब्याटिंगमा मिचेल मार्शले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए जुन क्रममा ५० बलमा ६ चौका र ४ छक्का प्रहार गरे। डेभिड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का मद्दतले ५३ रन बनाए। ग्लेन म्याक्सवेलले १८ बलमा ४ चौका र १ छक्का मद्दतले अविजित २८ रन बनाए।

३१ बलमा अर्धशतक पुरा गरेको उनि टि-२० विश्वकप इतिहासमै सबैभन्दा छिटो अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। खेलमा न्युजिल्यान्ड कप्तान विलियमसनले ३२ बलमा अर्धशतक बनाउदै बनाएको कीर्तिमान उनले एकै खेलमा तोडेका हुन्।

ओपनर आरोन फिंच मात्र ५ रन बनाएर तेश्रो ओभरमा ट्रेन्ट बोल्टबाट क्याच आउट भएपछि वार्नर र मार्शले दोश्रो विकेटको लागि ५९ बलमा ९२ रनको उत्कृस्ट साझेदारी गरे। तेह्रौं ओभरमा वार्नरलाई बोल्टले बोल्ड गरे। तेश्रो विकेटको लागि मार्श र म्याक्सवेलले ६६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

न्युजिल्यान्ड बलर ट्रेन्ट बोल्टले २ विकेट ( ४-०-१८-२ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १७२ रन बनाएको थियो।

न्युजिल्यान्डको ब्याटिंगमा कप्तान केन विलियमसनले सर्वाधिक ८५ रन बनाए जुन क्रममा ४८ बलमा १० चौका र ३ छक्का प्रहार गरे। मार्टिन गप्टिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स निशमले अविजित १३, डेरेल मिचेलले ११ रन तथा टिम सेफर्टले अविजित ८ रन बनाए।

केन विलियमसनले ८५ रन बनाए

विलियमसनको स्कोर टि-२० विश्वकपको फाइनलमा इतिहासकै संयुक्त रुपमा सर्वाधिक व्यक्तिगत स्कोर हो। २०१६ टि-२० विश्वकप फाइनलमा मार्लन स्यामएल्सले पनि समान ८५ रन बनाएका थिए।

सुस्त सुरुवात गरेको न्युजिल्यान्डले पहिलो ६ ओभरमा १ विकेट गुमाएर ३२ रन बनायो। चौंथो ओभरमा ओपनर डेरेल मिचेललाई जोश हेजलवुडले क्याच आउट गरे। विलियमसनले दोश्रो विकेटको लागि गप्टिलसंग ४८ रनको साझेदारी गरे। बाह्रौं ओभरमा गप्टिललाई एडम जाम्पाले क्याच आउट पारे। तेश्रो विकेटको लागि विलियमसनले फिलिप्ससंग मात्र ३७ बलमा ६८ रनको साझेदारी गरे। अठारौं ओभरमा हेजलवुडले फिलिप्स र विलियमसन दुवैलाई क्याच आउट पारे। अन्तिममा टिम सेफर्ट र जेम्स निशमले १३ बलमा अविजित २४ रनको साझेदारी गरे।

अस्ट्रेलियाको बलिंगमा जोश हेजलवुडले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १६ रन खर्चिए। एडम जाम्पाले १ विकेट ( ४-०-२६-१ ) लिए। महँगो सावित भएका मिचेल स्टार्कले ४ ओभरमा ६० रन खर्चिए।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]