T20WC FINAL : विलियमसनको कीर्तिमानी पारि, अस्ट्रेलियालाई चुनौतिपूर्ण लक्ष्य

टि-ट्वान्टी विश्वकपको उपाधिको लागि न्युजिल्यान्ड र अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १७२ रन बनाउदै अस्ट्रेलियालाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

न्युजिल्यान्डको ब्याटिंगमा कप्तान केन विलियमसनले सर्वाधिक ८५ रन बनाए जुन क्रममा ४८ बलमा १० चौका र ३ छक्का प्रहार गरे। मार्टिन गप्टिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स निशमले अविजित १३, डेरेल मिचेलले ११ रन तथा टिम सेफर्टले अविजित ८ रन बनाए।

विलियमसनको स्कोर टि-२० विश्वकपको फाइनलमा इतिहासकै संयुक्त रुपमा सर्वाधिक व्यक्तिगत स्कोर हो। २०१६ टि-२० विश्वकप फाइनलमा मर्लान स्यामएल्सले पनि समान ८५ रन बनाएका थिए।

पावरप्लेमा सुस्त सुरुवात गरेको न्युजिल्यान्डले ६ ओभरमा १ विकेट गुमाएर ३२ रन बनायो।  चौंथो ओभरमा ओपनर डेरेल मिचेललाई जोश हेजलवुडले क्याच आउट गरे। विलियमसनले दोश्रो विकेटको लागि मार्टिन गप्टिलसंग ४८ रनको साझेदारी गरे।  बाह्रौं ओभरमा गप्टिललाई एडम जाम्पाले क्याच आउट पारे। तेश्रो विकेटको लागि विलियमसनले ग्लेन फिलिप्ससंग मात्र ३७ बलमा ६८ रनको साझेदारी गरे। अठारौं ओभरमा हेजलवुडले फिलिप्सलाई क्याच आउट पारे। सोहि ओभरमा विलियमसन पनि क्याच आउट भए। टिम सेफर्ट र जेम्स निशमले १३ बलमा २४ रनको साझेदारी गरे।

अस्ट्रेलियाको बलिंगमा जोश हेजलवुडले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १६ रन खर्चिए। एडम जाम्पाले १ विकेट ( ४-०-२६-१ ) लिए।

न्युजिल्यान्डले सेमीफाइनलमा इंग्ल्यान्डलाई तथा अस्ट्रेलियाले पाकिस्तानलाई समान ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। दुवै टिमले टि-२० विश्वकप जितेको इतिहास छैन।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]