आजकै दिन नेपालले टि-२० विश्वकपमा अफगानिस्तानलाई पराजित गरेको थियो

आजकै दिन ७ वर्ष अघि अर्थात् मार्च २० तारिख २०१४ को दिन नेपालले टि-२० विश्वकप २०१४ मा अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो।

जहुर एहमद चौधरी स्टेडियम, चट्टोग्राममा टस हारेर ब्याटिंग गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो।

नेपालको लागि ओपनर सुबास खकुरेलले सर्वाधिक ५६ रन ( ५३ बलमा ६ चौका र १ छक्का ) बनाएका थिए। यस्तै शरद भेसावकरले ३७ रन तथा ज्ञानेन्द्र मल्लले २२ रनको योगदान दिएका थिए। ओपनर सागर पुन ८ रन बनाएर आउट भए पछि सुबासले ज्ञानेन्द्र मल्लसंग दोश्रो विकेटको लागि ३२ रन जोडेका थिए। तर आठौँ ओभरमा ज्ञानेन्द्र तथा नवौं ओभरमा पारस खड्का मात्र १ रन बनाएर आउट हुँदा नेपाल ५३/३ को कमजोर अवस्थामा पुगेको थियो।

खकुरेलले त्यसपछि शरद भेसावकरसंग चौथो विकेटको लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याएका थिए। सुबास र शरद दुवै १९ औं ओभरमा आउट भए। बिनोद भण्डारीले अविजित ४ तथा नरेश बुढायरले अविजित २ रन बनाएका थिए।

सुबास खकुरेलले अर्धशतक बनाएका थिए

अफगानिस्तानको बलिंगमा शापुर जद्रानले २ तथा दौलत जद्रान, मिरवैस अशरफ र मोहम्मद नाबीले समान १ विकेट लिएका थिए।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सकेको थियो। उसको लागि अस्घर अफ्घानले सर्वाधिक ४९ रन तथा शफीकुल्लाह शफिकले ३६ रन योगदान दिए।

अफगानिस्तानलाई सुरुवात देखि दबाबमा राख्ने क्रममा नेपालले पहिलो ५ विकेट ५० रनको योगफलमै लिईसकेको थियो। त्यसपछि सातौँ नम्बरमा ब्याटिंग गरेका अस्घरले एक किनार सम्हाल्दै टिमलाई जित दिलाउने प्रयास गरेका थिए तर अन्तिम ओभरहरुमा जितेन्द्र मुखियाले उत्कृस्ट डेथ ओभर बलिंग प्रस्तुत गर्दै त्यसलाई रोकेका थिए। फलस्वरुप ९ रनले नेपाल जित हात पार्न सफल रह्यो।

नेपालको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका जितेन्द्र मुखियाले सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा मात्र १८ रन खर्चेका थिए। सोमपाल कामि र शक्ति गौचनले २/२ विकेट तथा बसन्त रेग्मीले १ विकेट लिएका थिए।

जितेन्द्रले इनिंग्सको १७ औं र १९ औं ओभर बलिंग गर्ने क्रममा मात्र ७ रन र ६ रन मात्र खर्चदै जितमा महत्वपूर्ण योगदान दिएका थिए। त्यस अघि उनले स्पेलको पहिलो २ ओभरमा मात्र ५ रन खर्चेर २ विकेट लिएका थिए। इनिंग्सको पाँचौ ओभरमा व्यक्तिगत दोश्रो ओभर गर्दा दायाँ हाते बलरले मोहम्मद शाहजाद र नजिबुल्लाह जद्रानको महत्वपूर्ण विकेट लिएका थिए।

नेट रन रेटले दोश्रो चरण पुग्न असफल 

उक्त विश्वकपको पहिलो खेलमा नेपालले हंगकंगलाई ८० रनले पराजित गरेको थियो भने दोश्रो खेलमा बंगलादेशसंग ८ विकेटको हार बेहोरेको थियो। तेश्रो खेलमा अफगानिस्तानसंग जितका बाबजुद नेपाल विश्वकपको दोश्रो चरण भने पुग्न असफल रहेको थियो।

३ खेलमा समान २ जित र १ हार बेहोरेता पनि बंगलादेश नेट रन रेटमा अघि रहँदै अघिल्लो चरण पुगेको थियो। बंगलादेशको नेट रन रेट १.४६६ रहेको थियो भने नेपालले ०.९३३ रहेको थियो।

नेपालले अफगानिस्तानलाई पराजित गरेपछि हंगकंगले सोहि दिन बंगलादेशलाई पराजित गरेको थियो। बंगलादेश र हंगकंगको खेलमा बंगलादेशले दिएको १०९ रनको लक्ष्य हंगकंगले १३.१ ओभरमा भेट्न सकेको भए नेपालले नेर रन रेटमा बंगलादेशलाई पछि पार्ने समीकरण रहेको थियो। तर हंगकंगले उक्त खेल १९.४ ओभरमा ८ विकेट गुमाएर जितेको थियो।

सम्बन्धित 

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर

‘सर’ डन ब्राडम्यानले बनाएका ११ रेकर्ड जुन अझै टुट्न मुस्किल छ

सूर्यकुमार यादवको विवादास्पद क्याच आउट निर्णय पछि ‘सफ्ट सिग्नल’ माथि प्रश्नचिन्ह





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]