यू-१६ क्रिकेट लिग : प्रदेश ३ र प्रदेश ५ फाइनलमा

  • विकेटनेपाल, चैत २४ 

काठमाडौं – प्रदेश ३ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिगको उपाधिका लागि भिड्ने भएका छन्। आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको भएको सेमिफाइनल खेलमा जित दर्ता गर्दै दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन्।

दिनको पहिलो खेलमा प्रदेश ३ ले प्रदेश २ लाई १५ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश ३ ले २९ ओभरमा अलआउट हुँदै १ सय ५४ रन जोड्यो ।

ओपनर आईश भट्टराईले ७७ रनको शानदार इनिङ्स खेलेपछि प्रदेश ३ ले बलियो योगफल खडा गरेको थियो । म्यान अफ द म्याच घोषित आईशले ६६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे । कप्तान दीपक बोहोरा १०, प्रशान्त कामत १३, अशोक पौडेल १२ तथा कृष् कार्कीले २ छक्कासहित १६ रनको योगदान दिए ।

प्रदेश २ का लागि निखिल कुमार सिंहले ३, इमरान शेख र विशाल पटेलले २-२ तथा प्रशान्त सिंह र अरबाज अन्सारीले १-१ विकेट लिए ।

Bibek Darai of P3 is bowled by Bishal Patel of P2

जवाफमा प्रदेश २ ले २८.५ ओभरमा अल आउट हुनुअघि १ सय ३९ रनमात्र जोड्न सक्यो । ओपनर इमरान शेख ५ र विरेन्द्र साहानी १३ रनमा आउट भए । रोहण विकले २० र पर्शुराम यादवले ३१ रनको योगदान दिएपनि प्रदेश २ जितसम्म पुग्न सकेन । प्रशान्त सिंहले १० बलमा १ चौका र २ छक्का प्रहार गर्दै २२ रन जोडेपनि उनी लामो सट खेल्ने धुनमा क्याचआउट भए । प्रदेश ३ का सक्रिय कार्कीले ३, तिलक भण्डारी र दीपक बोहोराले २-२ तथा सिमान्त घिमिरे र विवेक दराईले १-१ विकेट लिए ।

प्रदेश-५ को जित 

अर्को सेमिफाइनलमा प्रदेश ५ ले कप्तान विशालविक्रम केसीको अलराउन्ड प्रदर्शनमा प्रदेश ७ लाई ६ विकेटले हरायो । वर्षाका कारण २२ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश ७ ले १८.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र जोड्न सक्यो ।

राहुल भण्डारीले १९ तथा कप्तान सुवास ऐरले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । प्रदेश ५ का विशालले र रमेश कुर्मीले ३-३ तथा सुरज खड्काले २ विकेट हात पारे ।

जवाफमा प्रदेश ५ ले १९.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । ओपनर सुशान्त थापाले २२ रन जोडे । कप्तान विशाल २१ रनमा नटआउट रहे । उनले २४ बलको सामना गर्दै समान १-१ चौका र छक्का प्रहार गरे । अमर मिश्राले ११ र प्रकाश गिरीले १० रन जोड्दा दिवस सेन्चुरी पहिलो बलमा नै आउट भए ।

प्रदेश ७ का कप्तान सुवासले ५ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिएका थिए ।

Aaish Bhattarai

सोमबार टीयू मैदानमा विहान ९ बजे उपाधि भिडन्त हुनेछ । चैत्र १९ देखि चलेको प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाएका थिए । यसै अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू-१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ । प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन् ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार बराबरको खेलकुद सामग्री पाउनेछ । प्रतियोगिताको व्यास्थापन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको छ ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]