यू-१६ क्रिकेट लिगको सेमिफाइनल समिकरण पूरा

लिग चरणको अन्तिम खेलमा प्रदेश ३ ले प्रदेश ६ लाई पराजित गरेसँगै यू-१६ क्रिकेट लिगको सेमिफाइनल समिकरण पूरा भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा प्रदेश ३ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा प्रदेश ६ लाई २९ रनले पराजित गर्यो ।

टस जितेर ब्याटिङ रोजेको प्रदेश ३ ले वर्षका कारण १९ ओभरमा छोट्याइएको खेलमा ४ विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो । ओपनर प्रशान्त महत र दीपक बोहोराले पहिलो विकेटका लागि आक्रामक सुरुवात दिलाएपछि प्रदेश ३ ले बलियो योगफल खडा गरेको थियो । दीपक ३० रनमा क्याच आउट हुनुअघि यी दुईले ८.३ ओभरमा ६३ रनको साझेदारी गरे । दीपकले २६ बलको सामना गर्दै ३ चौका प्रहार गरे। इनिङसको अन्तिम बलमा क्याच आउट हुनुअघि प्रशान्त महतले ७४ रन जोडे । म्यान अफ द म्याच समेत घोषित उनले ६३ बलको सामना गर्दै ११ चौका प्रहार गरे ।

विपिन शाही एक बल पनि नखेल्दै रनआउट आउट हुदा अशोक पौडेलले १६ बलमा ३ चौकासहित २० रन जोडे । आईश भट्टराई १० रनमा नटआउट रहे । प्रदेश ६ का लागि राजकुमार शाह, युवराज खत्री र सुरज बुढाथोकीले १-१ विकेट बाँडे ।

जवाफमा प्रदेश ६ ले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय १६ रनमात्र जोड्न सक्यो । नियमित विकेट गुमाएको प्रदेश ६ का लागि संगम गिरीले १९, पर्नाव बेधालले १८ तथा सन्दीप जंग शाहीले १७ रन जोडे । अन्य ब्याट्सम्यानले सम्हालिन नसक्दा प्रदेश ६ हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो । प्रदेश ३ का तिलक भण्डारीले ३, विवेक दराई र दीपक बोहोराले २-२ तथा सक्रिय कार्कीले १ विकेट लिए ।

त्यसअघि प्रदेश ७ र प्रदेश १ बीच हुने भनिएको दिनको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । वर्षाका कारण मुलपानी मैदान खेल्नयोग्य नहुँदा दोस्रो खेल भने टीयूमा सारेर सम्भव भएको थियो ।

लिग चरणको समाप्तिसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि तयार भएको छ । समूह ‘ए’ बाट २ खेलमा १ जित र १ बराबरीसहित ३ अंक जोड्दै प्रदेश ७ समूह विजेता तथा १ जित र १ हारसहित २ अंक जोड्दै प्रदेश २ उपविजेता बनेको छ । समूह ‘बी’ मा ३ खेलमा शत प्रतिशत जितसहित प्रदेश ३ समूह विजेता र २ जित र १ हारसहित ४ अंक जोड्दै प्रदेश ५ उपविजेता बनेको छ ।

आइतबार हुने पहिलो सेमिफाइनल खेलमा प्रदेश ३ र प्रदेश २ तथा दोस्रो सेमिफाइनल खेलमा प्रदेश ७ र प्रदेश ५ भिड्नेछन् । चैत्र १९ देखि २५ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाएका थिए । यसै अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू-१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ । प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन् ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार बराबरको खेलकुद सामग्री पाउनेछ । प्रतियोगिताको व्यास्थापन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको छ ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]