यू–१९ महिला क्रिकेट टोलीको विदाइ

मलेसियामा यही जेठ २० देखि २५ गतेसम्म अयोजना हुने आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पनि भाग लिने भएको छ । छनोट खेलमा सहभागि नेपाली टोलीलाई मंगलबार नेपाल क्रिकेछ संघ (क्यान) ले विदाई गरेको छ ।

छनोट खेलका लागि क्यानले यसअघिनै स्पिनर कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ । नेपाली टोली बुधबार मलेसिया प्रूथान गर्नेछ । टोलीलाई मंगलबार आयोजित कार्यक्रमबीच क्यानका अध्यक्ष चतुबहादुर चन्द लगायतले विदाइ गर्नुभयो । छनोट खेलमा नेपालले नेपाल, यूएई, मलेसिया, कतार, भुटान र थाईल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

छनोट खेलमा नेपाल शीर्ष स्थानमा रहन सके सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । आईसीसीले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ । छनोट खेलमा नेपालले २० गते कतार, २१ गते यूएई, २३ गते भुटान, २४ गते थाईल्यान्ड र २५ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली यू–१९ महिला टोली

कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), एलिसा यादव (विकेटकिपर), सृष्टी जैसी, मनिषा उपाध्यय, मनिषा रानामगर, साना प्रविन, रञ्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]