व्हिलचियर एसिया कप: भारत र पाकिस्तानको विजयी सुरुवात, नेपाल पराजित

  • विकेटनेपाल, जेठ १ – बुधबार

बुधबारदेखि काठमाडौंमा सुरु भएको व्हिलचियर एसिया कप टि२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारतले आयोजक नेपाललाई ६ विकेटले पराजित गरेको छ। यस्तै आज नै सम्पन्न दोश्रो खेलमा पाकिस्तानले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।

अन्तर्राष्ट्रिय व्हिलचियर क्रिकेटमा नेपालको पहिलो हार

भारतसँग आज भएको खेलमा पराजित भएको नेपालले अन्तर्राष्ट्रिय व्हिलचियर क्रिकेटमा पहिलो हार व्यहोरेको छ। यसअघि खेलिएको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘त्रिकोणात्मक’ सिरिजमा नेपालले भारत र बंगलादेशलाई हराउंदै उपाधी जितेको थियो। उक्त सिरिज सन् २०१७ मा नेपालमा भएको थियो।

आज किर्तिपुर मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १४१ रनको बिजयी लक्ष्य भारतले मात्र १५.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। उसका लागि प्लेयर अफ द म्याच घोषित विश्वनाथ गौरवले ३२ बलमा ९ चौका सहित ५० बलको अर्धशतकीय पारि खेले। यस्तै परशुराम देशालेले १९ रन बनाए। नेपालको लागि डम्बर मगर (४-०-२०-१), राजु कटुवाल (३-०-२९-१), यम श्रेष्ठ (२-०-३१-१) र बिपिन पौडेल (३.१-०-३३-१) ले समान १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालका लागि दिगाम चेम्जोंगले ६६ बलको सामना गर्दै ७ चौकाको मद्दतले ६६ रन बनाए। यस्तै बिपिन पौडेलले ३३ रन (२५ बल, ६ चौका) को पारि खेले। भारतका परशुराम देशालेले ४ ओभरमा मात्र ८ रन खर्चेर १ लिए।

बंगलादेश बिरुद्द पाकिस्तानको सहज जित

जितको लागि बंगलादेशले दिएको १७८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले मात्र २ विकेट गुमाएर १६.३ ओभरमा पुरा गर्यो। पाकिस्तानका सजिद अलि अबसीले ६ चौकाको मद्दतले २४ बलमा तथा प्लेयर अफ द म्याच चुनिएका हम्मद लतिफले १२ चौकाको मद्दतले २२ बलमा समान ५१/५१ रन प्रहार गरे। यस्तै मुहम्मद बिलालले ३९ रन बनाए। बंगलादेशका अहदुल इश्लामले ३ ओभरमा २२ तथा मोर्शेद आलमले २ ओभरमा २७ रन खर्चेर समान १/१ विकेट लिए।

यसघि किर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको थियो।उसका लागि सज्जाद हुसैनले ७४ रन (५२ बल, १३ चौका) तथा रिपोन उदैनले ३२ रन (३१ बल, ६ चौका) बनाएका थिए। बलिंगतर्फ पाकिस्तानका मुहम्मद उमिनले ४ ओभरमा ४२ रन खर्चेर २  विकेट तथा शायद अहमदले पनि समान ४ ओभरमा मात्र २० रन खर्चेर १ विकेट लिए।

खेलतालिका

मिति खेल समय
२०७६/०२/०१ नेपाल Vs भारत  भारत बिजयी
२०७६/०२/०१ पाकिस्तान Vs बंगलादेश  पाकिस्तान बिजयी
२०७६/०२/०२ नेपाल Vs बंगलादेश  बिहान ९ बजे
२०७६/०२/०२ पाकिस्तान Vs भारत  दिउँसो २ बजे
२०७६/०२/०३ नेपाल Vs पाकिस्तान  बिहान ९ बजे
२०७६/०२/०३ बंगलादेश Vs भारत दिउँसो २ बजे
२०७६/०२/०४  फाइनल  बिहान ९ बजे




थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]