T20WC : अस्ट्रेलियाले रोक्न सक्ला पाकिस्तानको जित यात्रा, यस्तो छ हेड टु हेड र सम्भावित ११

युएईमा जारी टि-ट्वान्टी विश्वकप २०२१ अन्तर्गत दोश्रो सेमीफाइनलमा आज विहिबार पाकिस्तान र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ।

पाकिस्तान सुपर-१२ चरणको सबै ५ खेलमा जित दर्ता गर्दै समुह ‘२’ को विजेताको रुपमा सेमीफाइनल पुगेको हो। यस क्रममा उसले भारतलाई १० विकेटले, न्युजिल्यान्ड र अफगानिस्तानलाई समान ५ विकेटले, नामिबियालाई ४५ रनले तथा स्कटल्याण्डलै ७२ रनले पराजित गर्यो।

अस्ट्रेलिया सुपर-१२ चरणमा ५ मध्ये ४ खेलमा जित दर्ता गर्दै समुह ‘१’ को उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो। इंग्ल्यान्डसंग ८ विकेटले पराजित भएको अस्ट्रेलियाले अन्य खेल जित्ने क्रममा दक्सिना अफ्रीकालाई ५ विकेटले , श्रीलंकालाई ७ विकेटले तथा वेस्टइन्डिज र बंगलादेशलाई समान ८ विकेटले पराजित गर्यो।

हेड टु हेड : टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दुई टिम २३ पटक आमने-सामने भएका छन् जसमा १३ खेल पाकिस्तानले जित्दा ९ खेल अस्ट्रेलियाले जितेको छ। टि-२० विश्वकपमा खेलिएको ६ खेलमा दुवै टिमले समान ३ खेल जितेका छन्। अन्तिम पटक दुई टिम सन् २०१६ टि-२० विश्वकपमा भेट हुँदा अस्ट्रेलिया २१ रनले विजयी भएको थियो। दुई देश बीच अन्तिम ५ खेलको कुरा गर्दा पाकिस्तान ३ खेलमा तथा अस्ट्रेलिया २ खेलमा विजयी भएको छ। सन् २०१० टि-२० विश्वकपको सेमीफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको थियो।

भारत बिरुद्ध ऐतिहासिक जितबाट अभियान सुरु गरेको पाकिस्तानको ब्याटिंग क्रम बलियो देखिएको छ। कप्तान बाबर आजमले ५ खेलमा ४ वटा अर्धशतक बनाएका छन्। बाबरसंगै मोहम्मद रिजवानको ओपनिंग जोडी पाकिस्तानको बलियो पक्ष हो। त्यस बाहेक आसिफ अलि, शोयब मलिक, मोहम्मद हफिज पनि मध्यक्रममा जिम्मेवार प्रदर्शन गरिरहेका छन्। अर्कोतर्फ बलिंगमा शाहिन अफ्रिदी र हरिस रौफ बिपक्षी ब्याट्सम्यानलाई सताइरहेका छन् भने हसन अलिको प्रदर्शन खास हुन सकेको छैन। इमाद वासिम, मोहम्मद हफिज र शदाब खानको स्पिन अस्ट्रेलियन ब्याट्सम्यान बिरुद्ध घातक सावित हुन सक्नेछ।

पाकिस्तानको सम्भावित ११ : मोहम्मद रिजवान ( विकेटकिपर ), बाबर आजम ( कप्तान ) , फखर जमान, मोहम्मद हफिज, शोयब मलिक, आसिफ अलि, इमाद वासिम, शदाब खान, हसन अलि, हरिस रौफ, शाहिन अफ्रिदी

अस्ट्रेलियन पेस बलर जोश हेजलवुड, मिचेल स्टार्क, प्याट कमिन्स जुनसुकै ब्याटिंग क्रम तहसनहस पर्ने क्षमता राख्नने गर्छन्। त्यसपछि लेग स्पिनर एडम जाम्पा पनि शानदार प्रदर्शन गरिरहेका छन्। अलराउण्डर ग्लेन म्याक्सवेल र मिचेल मार्शको प्रदर्शन पनि राम्रो रहँदै आएको छ। ओपनर डेभिड वार्नरको लय पाकिस्तानको टाउको दुखाई बन्न सक्छ जो स्पिन राम्रो खेल्न सक्छन्। वार्नर र फिंचको ओपनिंग जोडी र मध्यक्रममा मिचेल मार्श, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलको उपस्थितिले अस्ट्रेलियाको ब्याटिंग बलियो छ।

अस्ट्रेलियाको सम्भावित ११ : डेभिड वार्नर, आरोन फिंच ( कप्तान ) , मिचेल मार्श, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, म्याथु वेड, प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]