अन्तरफर्म टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले ११ औं एनसिएएसए अन्तरफर्म टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता यही माघ २२ देखि २९ गतेसम्म पुल्चोक ग्राउण्डमा हुनेछ ।

प्रतियोगितामा १५ भन्दा बढी टिमको सहभागिता रहने छ । क्यान, आइसिएआइ, एसिसिएका सदस्य साथै विद्यार्थीले उक्त प्रतियोगितामा भाग लिन पाउने छन् ।

प्रतियोगितामा पाँच हजार बढी दर्शकको उपस्थिति हुने अनुमान गरिएको छ । २५ हजार प्रवेश शुल्क राखिएको प्रतियोगितामा विजेतालाई एकलाख रुपैंयाँ र उपविजेतालाई ५० हजार नगद साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सर्वाधिक रन स्कोरर, सर्वाधिक विकेट टेकर र प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पनि प्रदान गरिने छ । टिम प्रवेशका लागि माघ १५ गते भित्र रजिस्ट्रेसन फारम भरिसक्नुपर्ने छ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]