अमेरिकामाथि नेदरल्यान्ड्सको जित

नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा अमेरिकामाथि जित हात पारेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो ।

नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा बिहिबार भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि १९ रनको जित हात पारेको हो ।

नेदरल्यान्ड्सले दिएको २ सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४९.५ ओभरमा अल आउट हुदै २ सय १८ रन मात्र बनायो । अमेरिकाका लागि का लागि मिलिन्ड कुमारले सर्वाधिक ६९ रन जोडे । उनले ७९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

आरोन जोन्सले ७० बलमा ४७, ओपनर स्मिथ पटेलले ४६ बलमा ३८, शाल्डि भान साक्वयले ४९ बलमा २१, शयान जाहिङ्गरले २५ बलमा २० रन जोडे । नेदरल्यान्ड्सका लागि भिभियन किंग्माले ३, आर्यान दत्त, पल भान मेकरम र शरिज अहमदले समान २ तथा काइल क्लेनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवाडर्सले सर्वाधिक ६५ रन जोडे । उनले ५५ बलमा ६ चौका प्रहार गरेका थिए । विक्रमजित सिंहले ८३ बलमा ५९, म्याक्स ओडाउडले ६७ बलमा ४९, काइल क्लेनले १३ बलमा अविजित १८ तथा शरिज अहमदले ४१ बलमा १६ रन जोडे ।

८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित अमेरिका २ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]