अस्ट्रेलियामाथि इंग्ल्यान्डको जित

इंग्ल्यान्डविरुद्धको तेस्रो ओडिआईमा अस्ट्रेलिया पराजित भएको छ । मंगलवार राती भएको खेलमा इङ्ग्ल्यान्डले डिएलएस पद्दतीमा ४६ रनको जित हात पार्यो ।

अस्ट्रेलिया ५ खेलको ओडिआई सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा छ । यो खेलमा जितसँगै घरेलु टोलीले सिरिज २-१ मा पुर्याएको छ ।

रिभरसाइड क्रिकेट मैदान डुरममा पाहुना टोलीले दिएको ३ सय ५ रनको लक्ष्य पछ्याएर घरेलु टोलीले ३७.४ ओभरको ४ विकेट गुमाएर २ सय ५४ रन बनाएको अबस्थामा बर्षा सुरु भएको थियो । निरन्तरको वर्षाका कारण खेल सुचारु हुन नसकेपछि घरेलु टोली डिएलएस पद्धतीमा ४६ रनले विजयी भयो ।

घरेलु टोलीको जितमा कप्तान ह्यारी ब्रुकले ९४ बलमा १३ चौका र २ छक्काको सहयोगमा नट आउट १ सय १० रनको शतकीय ईनिङ खेले । विल ज्याक्सले ८२ बलमा ८४ तथा लियम लिविगंस्टोन २० बलमा ३३ रनमा नट आउट रहे ।

पाहुना टोलीका लागि मिचेल स्टार्क र क्यामरुन ग्रीनले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको गरेको पाहुना टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४ रनको बनाएको थियो ।

पाहुना टोलीका लागि एलेक्स केरीले ६५ बलमा नट आउट रहदै सर्वाधिक ७७ रन बनाए । स्टिभ स्मिथले ८२ बलमा ६०, आरोन हार्डीले २६ बलमा ४४, क्यामरुन ग्रीनले ४९ बलमा ४२, ग्लेन म्याक्सवेलले २५ बलमा ३० तथा कप्तान मिचेल मार्शले ३८ बलमा २४ रन जोडेका थिए ।

घरेलु टोलीका लागि जोफ्रा आर्चरले २ तथा ब्याडन कार्स, जोकेब बेथहेल, विल ज्याक्स र लियम लिविगंस्टोनले समान १ विकेट लिए ।

दुई टोलीबीचको तस्रो ओडिआई खेल शुक्रवार रहेको छ ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]