अस्ट्रेलियामाथि पाकिस्तानको जित

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ ।

३ खेलको ओडिआई सिरिजमा पाहुना टोलीले १-१ को बराबरी गरेको छ । गत सोमवार भएको पहिलो ओडिआईमा घरेलु टोलीले २ विकेटको जित हात पारेको थियो ।

अस्ट्रेलियाले दिएको १ सय ६४ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा सयम अयुब र अब्दुल्लाह सफिकले अर्धशतक प्रहार गरेका थिए । ओडिआई करियरको पहिलो अर्धशतक बनाएका अयुबले ७१ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रन बनाए । अब्दुललाहले ६९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा नट आउट ६४ तथा बाबर अजामले २० बलमा नट आउट २० रन जोडे ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि एडिलेट ओभलमा टस हारेर ब्याटिङको गरेको अस्ट्रेलिया ३५ ओभरमा अल आउट हुदै १ सय ६३ रनमा समेटियो ।

अस्ट्रेलियाका लागि स्टेभन स्मिथले ४८ बलमा ३५, माथ्यु शर्टले १५ बलमा १९, जोस इङ्ग्लिसले १८ तथा ग्लेन म्याक्सवेलले १६ रन जोडेका थिए ।

पाकिस्तानका लागि हरिस रउफले ८ ओभरमा २९ रन खर्चिएर ५ विकेट लिए । शाहिन शाह अफ्रिदीको नाममा ३ तथा नसिम शाह र मोहम्मद हसैनको नाममा समान १ विकेट लिए ।

दुई देशबीचको तेस्रो तथा निर्णायक ओडिआई आइतवार हुनेछ ।





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]