अस्ट्रेलियालाई सिरिजमा अग्रता

काठमाडौं । तिन खेलको टि२० आई सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा जित निकालेको छ ।

इंग्ल्यान्डको साउथह्याम्टनमा भएको खेलमा भ्रमणकारी टोली अस्ट्रेलियाले पहिलो टि ट्वान्टी खेल २८ रनले जितेको हो । जितसँगै पाहुना टोली अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

पाहुना टोलीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १९.२ ओभरमा १ सय ५१ रन बनाउदै अल आउट भयो ।

घरेलु टोलीका लागि लियम लिविगंस्टोनले ३७, ओपनर तथा कप्तान फिल साल्टले १२ बलमा २०, साम करनले १५ बलमा १८ तथा जोर्डन कक्सले १२ बलमा १७ रन जोडे ।

पाहुना टोलीका लागि सन एबटले ३, जोस हेजलवुड र एडम जाम्पाले समान २ तथा जेभिएर ब्राटलेट, क्यामरुन ग्रीन र मार्कस स्टोईनेसले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली १९.३ ओभरमा १ सय ७९ रन बनाउदै अल आउट भयो ।

टोलीका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ५९ रनको अर्धशतकीय ईनिङ खेले । प्लेयर अफ द म्याच भएका हेडले २३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर म्याथ्यु शर्टले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ तथा विकेट किपर जोस इङ्ग्लिसले २७ बलमा ३७ रन जोडे ।

क्यामरुन ग्रीनले १३ तथा मार्कस स्टोनेसले १० रन जोडे ।

घरेल टोलीका लागि लियम लिविगंस्टोनले ३, सकिब मोहम्मद र जोफ्रा आर्चरले समान २ तथा आदिल राशिद र साम करनले समान १ विकेट लिए ।

दुई टोलीबीचको दोस्रो टी२० आई शुक्रबार र तेस्रो टि२० आई आइतवार छ ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]