अस्ट्रेलियासँग नामिबिया ७२ रनमा अल आउट

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको २४ औं खेलमा अस्ट्रेलियाले नामिबियालाई ७२ रनमा अल आउट गरेको छ ।

वेस्ट इन्डिजको एन्टिगुवामा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया १७ औं ओभरको अन्तिम बलमा ७२ रन बनाउँदै अल आउट भयो ।

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले ४३ बलमा ३६ तथा ओपनर मिचेल भान लिगेनले १० बलमा १० रन बनाए । नामिबियाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार तथा मार्कस स्टाइनेस र जस हेजलवुडले समान दुई दुई विकेट लिए ।

ओमान र इंग्ल्यान्डलाई हराउँदै सुखद सुरुआत गरेको अस्ट्रेलिया नामिबियालाई पराजित गरी सुपर एटमा स्थान पक्का गर्न चाहन्छ । नामिबिया भने अस्ट्रेलियालाई हराउँदै सुपर एटको सम्भावना जिवित राख्न चाहन्छ ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]