आइपीएल : कोलकता र पञ्जाब खेल्दै

२०८१ बैशाख १४, शुक्रबार ११:०७

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र पञ्जाब किंग्सबीच खेल हुदैछ ।

काृलकाताको घरेलु मैदान इडन ग्राडेन क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुदै छ ।

जारी आइपीएलमा सात खेलमा पाँचमा जित तथा दुईमा हार व्यहोरेको कोलकाता दश अंकका साथ दोस्रो स्थानमा छ । आठ खेल खेलेको पञ्जाब दुईमा जित तथा छ खेलमा हार व्यहोरेर चार अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

आइपीएल ईतिहासमा यि दुई टोलीबीच ३२ खेल भएका छन् । कोलकाताले २१ र पञ्जाबले ११ खेल जितेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy