आइपीएल : गुजरात र पन्जाब भिड्दै

२०८० चैत्र २२, बिहीबार ११:५३

काठमाडौं । १७ औँ संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज गुजरात टाइटन्स र पन्जाब किंग्स भिड्दै छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा खेल नेपाली समय अनुसार साझँ पौने ८ देखि शुरु हुने छ ।

जारी सिजनको आइपिएलमा गुजरातले तीन खेलमा दुई जित र एकमा हार व्यहोरेको छ । चार अंक सहित गुजरात अंक तालिकाको पाँचौ स्थानमा छ । गुजरातले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । भने, दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग हार व्यहोरेको थियो । त्यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।

उता, पञ्जाव किंग्सले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ । दुई अंकका पन्जाब अंक तालिकाको सातौं स्थानमा छ । पन्जाब किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । भने, त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो ।

आइपीएल ईतिहासमा यि दुई टोली तीन पटक आमनेसामने भएका छन् । दुई खेलमा गुजरात विजयी हुँदा एक खेल पन्जाबले जितेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy