आइपीएल :पन्जाब र हैदराबाद भिड्दै

२०८० चैत्र २७, मंगलवार ०९:०५

काठमाडौं । १७ औँ संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) मा आज (मंगलवार) एक खेल हुँदै छ।

मंगलबार हुने खेलमा सनराईजर्स हैदराबाद र पञ्जाव किंग्स भिड्दै छन् । पन्जाबको घरेलु मैदान मुल्लापुरमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ८ बजेदेखि शुरु हुनेछ।

जारी सिजनको आइपिएलमा हैदराबादले ४ खेल खेलेकोमा २ मा जित र २ मा हार व्यहोरेरे अंक तालिकाको पाँचौ स्थानमा छ । पहिलो खेलमा कोलकाता नाईट राईडर्ससँग पराजित हैदराबादले दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।

तेस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित हैदराबादले चौथो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।

उता,पन्जाब किंग्सले पनि ४ खेलमा २ जित र २ हार व्यहोरेको छ ।

पञ्जाव किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र तेस्रो खेलमा लखनाउ सुपर जाइन्ट्ससँग पराजित भएको थियो ।

चौथो खेलमा गुजरात टाईटन्सलाई पराजित गरेको थियो । आइपीएल ईतिहासमा यि दुई टोली हालसम्म २१ पटक खेलेका छन् । १४ खेलमा हैदराबाद विजयी हुँदा ७ खेलमा पन्जाब विजयी भएको छ ।

चार खेलमा अपराजित राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा छ । यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।

https://youtu.be/6rhmKKZRXto?si=RUniWmzAxs43ISyr

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy