काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुँदै छ।
मुम्बईको घरेलु मैदान वानंखडे क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ।
चार खेलमा एकमा जित तथा तीनमा हार व्यहोरेको मुम्बई पुछारबाट तेस्रो स्थानमा छ । उता, बेंगलुरु पाँच खेलमा एकमा जित र चारमा हार सहित पुछारबाट दोस्रो स्थानमा छ ।
आइपीएल ईतिहासमा हालसम्म यि दुई टोलीबीच ३४ खेल भएकामा मुम्बई २० खेलमा विजयी हुँदा १० खेल बेंगलुरुले जितेको छ ।
यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।
