काठमाडौँ । १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत जारी सिजनको दशौँ खेलमा आज(शनिबार) लखनउ सुपर जाइन्ट्स र पञ्जाव किंग्स खेल्दै छन् ।
लखनउको घरेलु मैदानमा एकना स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती पौने ८ देखि शुरु हुँदै छ।
जारी सिजनमा लखनउले आफ्नो पहिलो खेलमा हार व्यहोरेको थियो । लखनउले पहिलो खेलमा राजस्थान रोयल्ससँग हार व्यहोरेको हो । त्यसैगरी पञ्जाव किंग्स अहिलेसम्म २ खेलमा एक जित र एक हार व्यहोरेको छ । पञ्जावले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । भने, दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग हार व्यहोरेको थियो।
दुवैबीच आइपीएल ईतिहासमा अहिलेसम्म तीन खेल भएकामा दुईमा लखनउ विजयी हुँदा एकमा पन्जाब विजयी भएका छन् ।
