आइपीएल : हैदराबाद र मुम्बई भिड्दै

२०८० चैत्र १४, बुधबार ११:२१

काठमाडौं । १७ औँ संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) मा आज (बुधाबार) सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।

हैदरावादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।

दुबै टोलीले जारी सिजनको आफ्नो पहिलो खेलमा हार व्यहोरेका थिए ।

हैदरावादले पहिलो खेलमा कोलकोता नाइटराइडर्ससँग हार व्यहोरेको थियो । भने, मुम्बईले गुजरात टाइटन्ससँग हार व्यहोरेको थियो ।

दुवै टोली दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेका छन् ।

आइपीएलमा यि दुवै टोलीले हालसम्म २१ खेल खेलेकामा १२ खेल मुुम्बईले जित्दा ९ खेलमा हैदराबादले बाजी मारेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy