काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्कले काठमाडौं आइपुगेका छन् ।
अध्यक्ष ग्रेग सोमबार नेपाल आइपुगेका हुन् । ग्रगलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का विमानस्थल पुगेका थिए ।
चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री लगायतसँग भेटघाट गर्ने छन् ।
अध्यक्ष बार्क भारतमा शुक्रबारबाट सुरु हुन लागेको इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी भएर आफ्नो देश फिर्ता हुने जनाइएको छ ।
