आईपिएल : आज दुई खेल हुँदै

२०८० चैत्र १८, आईतवार १०:३९

काठमाडौं । १७ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज(आइतबार) दुई खेल हुँदै छन् ।

पहिलो खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच हुँदै छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो पौने ४ मा हुनेछ । गुजरात र हैदरावादले यस सिजन समान दुई दुई खेल खेलेकोमा एक एक खेल जित निकालेका छन् ।

गुजरातले पहिलो खेलमा चेन्नईविरुद्ध हार व्यहोरेको थियो । भने, दोस्रो खेलमा मुम्बईलाई पराजित गरेको थियो । त्यसैगरी हैदराबादले पहिलो खेलमा कोलकोता नाइट राइडर्ससँग हार व्यहोरेको थियो । भने, दोस्रो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।

आइपीएल ईतिहासमा गुजरात र हैदराबाद तीन पटक आमने सामने भएका छन् । गुजरात दुई तथा हैदराबाद एक खेलमा विजयी भएको छ ।

आजै हुने दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच हुँदै छ।

दिल्लीको घरेलु मैदान भिडिसिए क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ८ देखि सुरु हुनेछ ।

दिल्ली क्यापिटल्सले यस सिजनका आफ्ना दुवै खेलमा हार व्यहोरेर खराब शुरुवात गरेको छ। दिल्लीले पहिलो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो । भने, दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो।

त्यस्तै चेन्नईले भने यस सिजनका शुरुवातका दुवै खल जितेर शानदार शुरुवात गरेको छ। चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो । भने, दोस्रो खेलमा गुजरात टाइटन्सलाई पराजित गरको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy