काठमाडौं । १७ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज एक मात्र खेल हुँदै छ ।
आज हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किंग्सबीच भिड्न्त हुँदै छ । यो खेल बैंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ८ देखि शुरु हुनेछ ।
जारी सिजनको आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग हार व्यहोरेको रोयल च्यालेन्जर्स बेंगलुरु आज जित निकाल्न चाहन्छ।
त्यस्तै, पञ्जाब किंग्सले भने दोस्रो खेलमा समेत जित निकाल्न चाहन्छ । पन्जाबले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै सिजनको सुखद शुरुवात गरेको थियो ।
पञ्जाब कप्तानी शिखर धवनले गरिरहेका छन्। आईपिएलमा पञ्जाब किंग्स २०१४ मा उपविजेता बनेको थियो। यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो। गत सिजनमा पञ्जाब आठौँ भएको थियो ।
त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बेंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् । कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी छन्।
हालसम्म रोयल च्यालेन्जर्स बेंगलुरुले आईपिएलको उपाधि जित्न सकेको छैन। गत सिजनमा बेंगलुरु छैटौं स्थानमा रहेको थियो ।
