आईपीएल अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । भारतमा आयोजना हुने विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) को १३ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएकोछ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई अन्तर्गत आईपीएल गभर्निङ काउन्सिलले बिहीबार यस सिजनको आईपीएल अर्को सूचना नआउँदासम्म स्थगित भएको जनाएको छ ।

यसअघि नै कोरोना संक्रमण त्रासका कारण मार्च २९ बाट अप्रिल १५ सम्मलाई सारिएकोमा भारत सरकारले मे ३ सम्म लकडाउन बढाएपछि आईपीएल स्थगित गरिएको हो ।

बीसीसीआईले यसअघि नै फ्रेन्चाइज क्लबहरुलाई आईपीएल स्थगित हुने जानकारी गराइसकेको भएपनि बिहीबार आधिकारिक रुपमा स्थगित भएको घोषणा गरेको हो ।

‘कोभिड १९ का कारण विश्व स्वास्थ्यमा पारेको असर अनि महामारी फैलन नदिन भारत सरकारले लकडाउन लागू गरेपछि बीसीसीआईको आईपीएल गभर्निङ काउन्सिलले आईपीएल २०२० अर्को सूचना नआउँदासम्म स्थगित गरेको छ’ बीसीसीआई सचिव जय शाहद्वारा विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्र र खेलकुदसंग सम्बन्धित सबैको स्वास्थ्य र सुरक्षा मुख्य प्राथमिकतामा रहेको भन्दै बीसीसीआईले सबै क्लब, प्रशारक र प्रायोजकहरु अवस्था अनुकुल बनेपछि मात्र लिग गर्न सहमत भएको जनाएको छ ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]