आयरल्याण्ड वुल्भ्ससँग नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । नेपालले आयरल्याण्ड वुल्भ्ससँग दुई खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल सोमबार खेल्दैछ ।

खेल दिउँसो १ बजे टियु क्रिकेट मैदान कीर्तिपुरमा हुदैछ । पहिलो पटक नेपाल भ्रमणमा आएको आयरल्याण्डको टोलीविरुद्ध जितका साथ सुरुआत गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

आयरल्याण्डविरुद्ध ऐतिहासिक जित निकाल्न नेपालले आफ्नो बलियो प्लेईङ-११ खेलाउने छ ।

ओपनरमा नियमित ओपनर कुशल भुर्तेल र आसिफ शेखले निरन्तरता पाउने सम्भावना छ । केही साता अघि भएको हङकङ भ्रमणका क्रममा टिममा नरहेका आसिफले यस खेलमा मौका पाउने सम्भावना छ । तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेल रहने सम्भावना छ । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ ।

पाँचौ नम्बरमा सन्दीप जोराले मौका पाउने सम्भावना छ । छैठौं नम्बरमा कुशल मल्लले मौका पाउने सम्भावना छ । सातौ नम्बरमा गुलसन झाले मौका पाउने सम्भावना छ । आठौं नम्बरमा करण केसीको सम्भावना रहेको छ ।

नवौं नम्बरमा सोमपाल कामीले स्थान बनाउने सम्भावना छ । दशौं नम्बरमा ललितनारायण राजवंशीले मौका पाउने सम्भावना छ । एघारौं नम्बरमा आकाश चन्दको सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी र आकाश चन्द ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]