आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ बीचको टी-ट्वान्टी सिरिजको खेलतालिका परिवर्तन

२०८० चैत्र १५, बिहीबार १७:३२

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए को नेपाल ‘ए’ सँगको टी-ट्वान्टी सिरिजको खेलतालिका परिवर्तन भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तीन खेलको टी-ट्वान्टी सिरिजको खेल तालिका परिवर्तन गरेको हो ।

पूर्वनिर्धारित तालिकाअनुसार तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल बिहीबारको लागि तय थियो । तर, बुधबार रातिदेखिको वर्षाका कारण खेल रद्द भएको थियो ।

नयाँ तालिका अनुसार चैत १६, १७ र १८ गते नेपाल र आयरल्यान्डले टी-ट्वान्टी सिरिज खेल्ने छ।

लगत्तै दुवै बीच तीन खेलको एकदिवसीय सिरिज शुरू हुने छ। उक्त सिरिज चैत २०, २२ र २४ गते हुनेछ। एकदिवसीय सिरिज भने पुर्वनिर्धारित मितीमा हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy