आयरल्यान्ड वल्भ्सविरुद्धको सिरिजमा नेपालको क्लिन स्विप

काठमाडौं । आयरल्यान्ड वल्भ्सविरुद्धको २ खेलको टीट्वान्टी सिरिजमा नेपालले क्लिन स्विप गरेको छ ।

सोमबार सम्पन्न पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको थियो। मंगलाबार सम्पन्न दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले पराजित गर्दै शृंखला २–० ले क्लिन स्वीप गरेको हो।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्रै बनायो।

आयरल्यान्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाए। उनले १३ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

मोर्गन टपिङ २१, केड कार्माइकल १८,रोस अडायर १७, निल रक १७, फिओन ह्यान ५ रनमा आउट हुँदा ग्यारेथ डेलानी १५ रनमा आउट भए।

आयरल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवले १/१ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो।

नेपालका कुशलले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे।

यता, गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिए। ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे।

कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे।

आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए। बेन ह्वाइटको नाममा २ विकेट रहँदा फिओन ह्यान्ड र गेभिन होईको नाममा १/१ विकेट रह्यो।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]