काठमाडौं । आयरल्यान्ड वल्भ्ससँग खेल्ने नेपाल ए टिमको प्रारम्भिक टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार ४० जनाको प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
नेपाली सिनियर राष्ट्रिय टोली तथा नेपाल ए सँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली नेपाल आउदैछ ।
वल्भ्सले नेपालको सिनियर टोलीसँग २ टी-ट्वान्टी खेल खेल्नेछ । नेपाल ए सँग भने समान ३/३ टी-ट्वान्टी तथा एकदिवसिय खेल खेल्नेछ । सिरिजको खेलतालिका अनुसार सिनियर टोलीले मार्च २४ र २५ मा दुई खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । त्यसपछि २८, २९ र ३१ मार्चमा नेपाल ए सँग टी-ट्वान्टी सिरिज खेल्नेछ ।
वल्भ्सले नेपाल ए सँग नै अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिज खेल्नेछ ।
क्रिकेट आयरल्यान्डले निल रकको कप्तानीमा नेपालसँग खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरीसकेको छ । आयरल्यान्डको ए टोलीलाई वल्भ्सको नामले चिनिन्छ । नेपालसँग खेल्न घोषीत टोलीमा सिनियर टोलीबाट खेलिसकेका खेलाडी समावेश छन् ।
आयरल्यान्ड वल्भ्सको टोली
निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन ह्वाइट
प्रशिक्षक रायन इगल्सन, सहायक प्रशिक्षक पिट जोन्सन, क्रिस ब्राउन
नेपालको प्रारम्भिक टोली

