आयरल्यान्ड वुल्भ्सलाई पराजित गरि सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा नेपाल

२०८० चैत्र १३, मंगलवार ०८:१०

काठमाडौं । आयरल्याण्ड वुल्भ्सलाई दोस्रो टी-ट्वान्टी खेलमा पराजित गरि सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ ।

दुई खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेल आज(मंगलबार) हुँदै छ । खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा अपरान्ह १ बजेदेखि शुरु हुने छ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो । आयरल्यान्ड ए लाई आयरल्यान्ड वुल्भ्सको नामले चिनिन्छ ।

यो सिरिज पछि वुल्भ्सले नेपाल ए टोलीसँग समान ३/३ खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने छ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललितनारायण राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy