काठमाडौं । ललितपुरमा जारि एघारौं संस्करणको ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन’ इन्टर फर्म क्रिकेट प्रतियोगिता’ अन्तर्गत पाँचौ दिनको खेलहरुमा सुब्रत एण्ड एसोसिएट्स, एचबीए, मिसाल एसोसिएट्स र शंखर अर्याल विजयी भएका छन्।
पुल्चोक इन्जिनियरिङ मैदानमा जारि प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा सुब्रत एण्ड एसोसिएट्सले एस बिष्ट एण्ड एसोसिएट्सलाई ५५ रनले पराजित गर्यो। सुब्रतले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको एस बिष्टले ५ विकेट गुमाएर ४८ रन मात्र बनायो । प्लेयर अफ द म्याच घोषित सुब्रत सापकोटाले ५३ रन बनाए ।
आजको दोश्रो खेलमा मिसाल एसोसिएट्सले सुबिज एसोसिएट्सलाई २६ रनले पराजित गर्यो। मिसालले दिएको ८३ रनको लक्ष्य पछ्याएको सबिजले ६ विकेट गुमाएर ५६ रन मात्र बनायो । प्लेयर अफ द म्याच घोषित आश्रय बस्नेतले ४७ रन बनाए ।
आजको तेश्रो खेलमा एचबीएले देव एसोसिएट्सलाई १० विकेटले पराजित गर्यो। देवले दिएको ४९ रनको लक्ष्य एचबीएले ४ दशमलब ३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । अविजित ३० रन बनाएका हर्षल भण्डारी प्लेयर अफ द म्याच घोषित भए।
आजको चौंथो तथा अन्तिम खेलमा शंकर अर्यालले एमजी एण्ड एसडी एसोसियट्सलाई २५ रनले पराजित गर्यो। शंकरले दिएको ८७ रनको लक्ष्य पछ्याएको एमजीले ६१ रन मात्र बनाउन सक्यो। ३१ रन बनाएका रुपेश यादव प्लेयर अफ द म्याच घोषित भए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आयोजना गरेको प्रतियोगिता ९ दिन सम्म चल्नेछ। प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको छ जसलाई ७ समुहमा बिभाजन गरिएको छ।
बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।
