उपाधीका लागि नेपाल र गुजरात भिड्दै

२०८० चैत्र २५, आईतवार ०७:००

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले फ्रेन्डसिप कपको उपाधीका लागि आज(आइतबार) गुजरात क्रिकेट एसोसिएसनको टिमसँग खेल्दैछ ।

खेल भारतको गुजरातमा नेपाली समय अनुसार दिउँसो सवा १ मा सुरु हुनेछ ।

गुजरातलाई पराजित गरि नेपाल प्रतियोगिताको उपाधी जित्ने लक्ष्यमा रहेको छ । समूह चरणको दुवै भेटमा नेपालले गुजरातलाई पराजित गरेको थियो ।

गुजरातको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन् ।

बरोडा, गुजरात र नेपाल सम्मिलित फ्रेन्डसिप कपका लागि नेपाल भारतको गुजरातमा रहेको छ । पहिलो खेलमा आइतबार नेपालको गुजरात क्रिकेट एसोसिएसनको टोलीलाई पराजित गरेको थियो ।

दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको नेपालले तस्रो खेलमा गुजरातमाथि ८ रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । समूह चरणको चौथो तथा अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।

समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल्न लागेका हुन् । चैत १८ बाट सुरु यस प्रतियोगितालाई नेपालको एसीसी प्रिमियर कपको अन्तिम तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, आकाश चन्द, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy