एनकासा इन्टर फर्म क्रिकेट : एसएसए एसोसिएट्स, मिसहाल एसोसिएसन, सुब्रत एस एण्ड एसोसिएट्स र एचबीए विजयी

काठमाडौं । ललितपुरमा जारि एघारौं संस्करणको ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन’ इन्टर फर्म क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेस्रो दिनको खेलहरुमा एसएसए एसोसिएट्स, मिसहाल एसोसिएसन, सुब्रत एस एण्ड एसोसिएट्स र एचबीए विजयी भएका छन्।

पुल्चोक इन्जिनियरिङ मैदानमा जारि प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा एसएसए एसोसिएट्सले जेबीराज भण्डारीलाई ४३ रनले पराजित गर्यो। एसएसएले दिएको ८० रनको लक्ष्य पछ्याएको जेबीले ९ दशमलब ४ ओभरमा ३७ रनमा अल आउट भयो। प्लेयर अफ द म्याच घोषित फैसन खानलले ३२ रन बनाए।

No description available.

आजको दोश्रो खेलमा सुब्रत एस एसोसिएसट्सले एबीएस एसोसिएट्सलाई ६७ रनले पराजित गर्यो। सुब्रतले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको एबीएसले ५ विकेट गुमाएर ४२ रन मात्र बनायो । प्लेयर अफ द म्याच घोषित सुब्रत सापकोटाले अविजित ५९ रन बनाए ।

No description available.

आजको तेश्रो खेलमा मिसाल एसोसिएट्सले शंकर एसोसिएट्सलाई १७ रनले पराजित गर्यो। मिसालले दिएको ७८ रनको लक्ष्य पछ्याएको शंकर एसोसिएट्सले ७ विकेट गुमाएर ६० रन मात्र बनायो । मात्र ८ रन खर्चेर ३ विकेट लिएका सुमन उप्रेती प्लेयर अफ द म्याच घोषित भए।

No description available.

आजको चौंथो तथा अन्तिम खेलमा एचबीएले एसपीएसएलाई ६६ रनले पराजित गर्यो। एचबीएले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको एसपीएसएले ३४ रन मात्र बनाउन सक्यो। १ रन खर्चेर २ विकेट लिएका हर्षल भण्डारी प्लेयर अफ द म्याच घोषित भए।

No description available.

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आयोजना गेरको प्रतियोगिता ९ दिन सम्म चल्नेछ।

प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको छ जसलाई ७ समुहमा बिभाजन गरिएको छ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

 





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]