एनपिएलका लागि खेलाडी रजिस्ट्रेसन खुला

२०८१ आश्विन ५, शनिबार १३:२८

नेपाल प्रिमियर लिग(एनपिएल) ले खेलाडी रजिस्ट्रेसन खुला गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार एक विज्ञप्ती जारी गर्दै पहिलो संस्करणको एनपिएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।

अक्सन प्रकृयामा सहभागी हुने खेलाडीहरुलाई ए, बी र सि गरी ३ श्रेणीमा विभाजन गरिएको हुँदा खेलाडीहरुले आफ्नो ईच्छा अनुरुप कुनैपनि श्रेणीमा नाम दर्ता गराउन सक्नेछन् ।

खेलाडी दर्ता शुल्क प्रति खेलाडी रु.एक हजार तोकिएको छ । खेलाडी नाम दर्ता गर्ने अन्तिम समय असोज १२ गते सम्म रहेको छ ।

क्यानका सचिव पारस खड्काका अनुसा एनपिएलको अक्सन दशैं अघि हुने छ ।

नेपाली खेलाडी अक्सनबाट छनोट हुदा विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्धन गर्न पाउने छन् ।

एनपिएलमा सहभागी हुने टिम र टिममा रहने मार्कि खेलाडीको छनोट भने भईसकेको छ ।

पहिलो संस्करणको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुदैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy