एपीएफलाई २०७ रनको लक्ष्य

२०८० माघ १७, बुधबार १२:१७

काठमाडौं । दुई ब्याटको अर्धशतकको सहयोगमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले २ सय ७ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ४४ दशमलब १ ओभरमा अल आउट हुदै २ सय ६ रन बनायो ।

कर्णालीका लागि हिमाशुं शाही र अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । हिमाशुंले ५० बलमा २ चौका र ७ छक्काको सहयोगमा ६२ रन बनाए । अर्जुनले ७४ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए ।

एक समय ३० रनमा तेस्रो विकेट गुमाईसकेको कर्णालीका लागि शाही र घर्तीले चौथो विकेटका १ सय ११ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।

दिपेन्द्र रावतले २४ बलमा २७ तथा कप्तान रविन्द्र जंग शाहीले ३० बलमा २२ रन बनाए । दिनेश अधिकारीले १९ बलमा १९ तथा प्रकाश जैशीले २० बलमा १० रन बनाए ।

एपीएफका लागि मौषम ढकालले तीन तथा अमरसिंह राउटेलाले दुई विकेट लिए । भुवन कार्की र रमेश कुर्मीले समान एक एक विकेट लिए ।

शीर्ष चारको रहेर एलिट कपमा स्थान बनाउँन एपीएफलाई यो खेल जित्नै पर्ने दबाब छ । प्रतियोगिताबाट बाहिरिसकेको कर्णाली प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy