ओमानमाथि नेपालको जित

काठमाडौं । ओमानमाथि नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा ३७ रनको जित हात पारेको हो ।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भयो ।

ओमानका लागि सोयब खानले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४५ तथा रफिउल्लाहले १२ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३३ रन जोडे । प्रतिक अथाभालेले १४ बलमा १५, खालिद कैलले ११ रन जोडे ।

नेपालका लागि करन केसीले ३, कुशल भुर्तेल र गुलशन झाले समान २ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले समान १ विकेट लिए ।

त्यसअघि क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो ।

नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक नट आउट ४० रन बनाए । छैटौं विकेटका लागि गुलशन र कुशल भुर्तेलले ६१ रनको साझेदारी गरे ।

कुशलले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।

कुशल मल्लले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट १८ रन बनाए ।

ओमानका लागि कप्तान अकिब इल्यासले ३, जिशान मक्सुद र फैयज बटले समान १ विकेट लिए । सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो ।

नेपालले तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्दा चौथो खेलमा नेपालले बुधवार फेरि ओमानको सामना गर्नेछ ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]