क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।
क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेका नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो ।
नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक नट आउट ४० रन बनाए । छैटौं विकेटका लागि गुलशन र कुशल भुर्तेलले ६१ रनको साझेदारी गरे । कुशलले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।
कुशल मल्लले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट १८ रन बनाए ।
ओमानका लागि कप्तान अकिब इल्यासले ३, जिशान मक्सुद र फैयज बटले समान १ विकेट लिए । नेपालले तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्दा चौथो खेलमा नेपालले बुधवार फेरि ओमानको सामना गर्नेछ ।