काठमाडौँ – विश्वकप लिग टुअन्तर्गतको आज हुन लागेको नेपाल र ओमानबिचको खेलमा वर्षाका कारण टस हुन ढिला भएको छ ।
क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समय अनुसार ८ः४५ मा हुने खेलको टस हुन सकेको छैन ।
जारी त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा नेपाल ओमानसँग खेल्न लागेको हो ।
यसअघि दोस्रो खेलमा ओमानविरुद्ध खेलेको नेपालले हारको सामना गरेको थियो ।
