कप्तान गणेशबहादुर चम्किदा दोधारा चाँदनीको शारदा सरस्वती माविको विजयी सुरुवात

महेन्द्रनगर ११ को आयोजनामा महेन्द्रनगरको कभर्डहलमा आजदेखि सुरु भएको महेन्द्रनगर ११ र शारदा सरस्वती मावि बीचको ३ टी-२० सिरिजको पहिलो टी-२० खेलमा कप्तान गणेशबहादुर बिटालु चम्किदा दोधारा चाँदनीको शारदा सरस्वती माविले रोमाञ्चक ४ विकेटको जित निकाल्दै सिरिजमा विजयी सुरुवात गर्न पनि सफल भएको छ।

३ टी-२० खेलको सिरिजको पहिलो टी-२० खेलमा महेन्द्रनगर ११ ले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,महेन्द्रनगर ११ ले निर्धारित २० ओभरमा सम्पुर्ण विकेट गुमाउदै १५२ रन बनाउन सफल भयो।ब्याटिङतर्फ महेन्द्रनगर ११ का लागि राहुल भण्डारीले सर्वाधिक ४५ रन बनाउदा राहुल चन्द १४ रन,हेमन्त कार्की,कप्तान शुशील खड्का र आकाश चन्दले समान १३/१३ रन बनाउन सफल भएका हुन्।

बलिङतर्फ शारदा सरस्वती माविका लागि बिकास शुनारले सर्वाधिक ३ विकेट लिन सफल हुँदा अर्जुनसिंह साउँदले २ विकेट लिन सफल भए।त्यस्तै, कप्तान गणेशबहादुर बिटालु,प्रेम थापा र हेमन्त धामीले समान १/१ विकेट लिन सफल भए।

१५३ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको दोधारा चाँदनीको शारदा सरस्वती माविले निर्धारित २० ओभरको खेलमा १९.१ ओभर खेल्दै ६ विकेटको क्षति १५३ रन बनाउदै रोमाञ्चक ४ विकेटको जित आफ्नो नाममा दर्ता गराउनुकासाथै तिन टी-२० खेलको सिरिजमा १-० ले अग्रता लिन पनि सफल भएको छ।ब्याटिङतर्फ शारदा सरस्वती माविका लागि कप्तान गणेशबहादुर बिटालुले सर्वाधिक ३१ रन बनाउदा अनुराग सिंह २७ रन,सुनिल चन्द २६ रन,निरजतेज चन्द २४ रन तथा मिलन बोहराले १२ रनको बहुमुल्य योगदान दिन सफल भएका हुन्।

बलिङतर्फ महेन्द्रनगर ११ का लागि महेन्द्र ठगुन्ना र आशिष भट्टले समान २/२ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्।

महेन्द्रनगर ११ र शारदा सरस्वती माविबीचको ३ टी-२० खेलको सिरिजको पहिलो टी-२० खेल दोधारा चाँदनीको शारदा सरस्वती माविले ४ विकेटले जित्न सफल भएको छ।खेलको म्यान अफ दी म्याच शारदा सरस्वती माविका कप्तान गणेशबहादुर बिटालु घोषित हुन सफल भए।

तिन टी-२० सिरिजको दोश्रो टी-२० खेल भोलि बिहान १०:०० बजेदेखि महेन्द्रनगरको कभर्डहलमा सुरु हुने शारदा सरस्वती माविका टिम प्रशिक्षक रमेश साउँद ज्यूले बताउनुभयो।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]