कमलको ह्याट्रिकमा आयरल्यान्ड १५७ रनमा अल आउट

काठमाडौं । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा कमल सिंह ऐरीको ह्याट्रिकको सहयोगमा आयरल्यान्ड वुल्भ्स १ सय ५७ रनमा अलआउट भएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ५७ रन मात्र बनायो ।

आयरल्यान्डका लागि केड क्रामिकलले ७७ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान निल रकले ३२ बलमा ३९ तथा पीजे मोरले ३४ बलमा २१ रन बनाए ।

नेपालका लागि तीव्र गतिका बलर कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिएका हुन् । कमलले ३९ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए ।

साहाब आलम र मौषम ढकालले समान २/२ तथा रिजन ढकालले १ विकेट लिए ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]