कमलको ह्याट्रिकमा आयरल्यान्ड १५७ रनमा अल आउट

२०८० चैत्र २१, बुधबार १२:३०

काठमाडौं । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा कमल सिंह ऐरीको ह्याट्रिकको सहयोगमा आयरल्यान्ड वुल्भ्स १ सय ५७ रनमा अलआउट भएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ५७ रन मात्र बनायो ।

आयरल्यान्डका लागि केड क्रामिकलले ७७ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान निल रकले ३२ बलमा ३९ तथा पीजे मोरले ३४ बलमा २१ रन बनाए ।

नेपालका लागि तीव्र गतिका बलर कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिएका हुन् । कमलले ३९ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए ।

साहाब आलम र मौषम ढकालले समान २/२ तथा रिजन ढकालले १ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy