काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले आज (बुधबार) कुवेतको सामना गर्दै छ ।
खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुदै छ ।
नेपालले क्वाटरफाइनलमा कुवेतसँग खेल्न लागेको हो । नेपाल तीन खेलमा अपराजित रहेर क्वाटरफाइनलमा प्रवेश गरेको हो । समूह डी मा शीर्ष स्थानमा रहेको नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्न लागेको हो । कुवेतले समूह चरणमा दुई खेल जित्दा एकमा हार व्यहोरेको थियो ।
यो नेपालले क्वाटरफाइनल विजेता भए नेपालले सेमिफाइनलमा मलेसिया र जापानबीचको विजेतासँग खेल्ने छ ।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटले र तेस्रो खेलमा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो ।
प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् । शुक्रबार प्रतियोगिताको सेमिफाइनल खेल हुनेछ ।
नेपाली टोली
ईन्दु बर्मा(कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डलि भट्ट, अस्मिना कर्माचार्य