कुशल मल्लले आइएल टी–२० खेल्ने

Kushal Malla

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर युएईमा आयोजना हुने आइएल टी–२) लिग खेल्ने भएका छन्।

डेजर्ट भाइपर्सले युएईको टी–२० फ्रेञ्चाइज लिग आइएलटीको तेस्रो सिजनका लागि अनुबन्ध गरेको छ। नेदरल्यान्ड्सका अलराउन्डर बास डे लिडेको स्थानमा भाइपर्सले उनलाई अनुबन्ध गरे हो।

बायाँ हाते ब्याट्सम्यान तथा स्पिन बलर मल्ल गत‌ शनिबार सम्पन्न पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा चितवन राइनोजको नेत्तृत्व गरेका थिए। उनको नेतृत्वमा चितवन प्लेअफ सम्मको यात्रा तय गरेको थियो। तर, कर्णाली याक्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

मल्ल टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि पाँचौं सर्वाधिक रन बनाउने खेलाडी हुन्। उने ४७ खेलमा ९१७ रन बनाएका छन्। सन् २०२३ को एसियाली खेलकुदमा मंगोलियाविरुद्ध उनले नटआउट १३७ रन बनाएका थिए।

यस्तै, नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई भने गल्फ जायन्ट्सले यसअघि नै रिटेन गरिसकेको छ। यो टी–२० लिग जनवरी पहिलो साता आयोजना हुँदैछ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]