कोहलीको शतकमा राजस्थानलाई १८४ रनको लक्ष्य

२०८० चैत्र २४, शनिबार २१:२९

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को १९ औं खेलमा विराट कोहलीको शतकको मद्दतमा रोयल च्यालेन्जर्स बेंगलुरुले राजस्थान रोयल्सलाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

राजस्थानको घरेलु मैदान सवाईमानसिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

बेंगलुरुका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्काको सहयोगमा अविजित १ सय १३ रनको शतकीय ईनिङ खेले । आइपीएल ईतिहासमा आफ्नो आठौं शतक कोहलीले ६७ बलमा पुरा गरेका थिए । यो सिजनको यो नै पहिलो शतक रहेको थियो ।

कप्तान फाफ डु प्लेसिसले ३३ बलमा २ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए । पहिलो विकेटका लागि कोहली र फाफले १३ दशमलब ६ ओभरमा १ सय २५ रनको शतकीय साझेदारी गरे । तर, अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

ओपनरले दिलाएको सुरुआत अनुसार पछिल्ला क्रमका ब्याटर नचल्दा टोली २ सयको योगफल बनाउने ठूलाे अवसरबाट पछि पर्यो । १५ औं ओभर पछि राजस्थानका बलरले राम्रो पुनरागमन गर्दै बेंगलुरुलाई ठूलो योगफल बन्न दिएन ।

राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नान्द्रे बर्गरले १ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy