क्यानडालाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल

२०८० माघ २७, शनिबार ०६:१२

काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको ओडिआई सिरिजअन्तर्गतको दोस्रो खेल आज(शनिबार) हुदैछ ।

नेपाल र क्यानडाबीचको खेल टियु मैदान कीर्तिपुरमा शनिबार बिहान सवा नौ मा सुरु हुनेछ ।

पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको चार विकेटको सहयोगमा नेपालले सात रनको रोमान्चक जित निकालेको थियो । यो खेलमा जितका साथ नेपाल एक खेल अगावै सिरिज जित्न चाहन्छ । क्यानडा पनि जित निकाल्दै सिरिजमा बराबरी गर्न चाहन्छ ।

नेपाल र क्यानडाबीचको अन्तिम खेल तथा तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।

नेपालले आजको खेलमा केही नयाँ प्रयोगको सम्भावना रहेको छ । नेपालले ओपनरमा अनिल शाह तथा तीव्र गतिका बलर आकाश चन्दको प्रयोग गर्न सक्छ ।

नेपाली टिम

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy