काठमाडौं । घरेलु टोली नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको खेलतालिका प्रकासित भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले खेलतालिका प्रकाशीत गरेको हो ।
सोमबार जारी खेलतालिका अनुसार नेपाल र क्यानडाबीच तीन खेलको ओडिआई सिरिज आठ फेब्रुअरी अर्थात २५ माघमा हुनेछ । दोस्रो खेल १० फेब्रुअरी अर्थात माघ २७ मा तथा अन्तिम खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।
तीनै खेल नेपाली समयअनुसार बिहान सवा नौ मा सुरु हुनेछ । क्यानले आइतबार मात्र सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको थियो । क्यानले हेमन्त धामी, रिजन ढकाल र आकाश चन्दलाई क्यानडा सिरिजका लागि पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको थियो ।
बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल लिग टू सिरिजमा पनि टोलीमा परेका छन् । तीव्र गतिका बलर हेमन्त धामी र आकाश चन्द क्यानडासँगको सिरिजलाई नेपाली टोलीमा परेका छन् ।
बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए । आकाश चन्दले जारी यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध एक्लै ५ विकेट लिएका थिए । हेमन्तले खुट्टामा लागेको चोटका कारण यू-१९ विश्वकप गुमाएका थिए ।
खेल तालिका

क्यानडासँग खेल्ने नेपाली टोली :
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह
