क्यानडा एघारलाई नेपाल ए को २१७ रनको लक्ष्य

काठमाडौं । नेपाल ए ले ऐतिहासिक खेलमा क्यानडा एघारलाई २ सय १७ रनको लक्ष्य दिएको छ ।

यो नेपाल ए टिमको औपचारिक घोषणा भएपश्चातको पहिलो खेल हो । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो ।

नेपालका लागि बसिर अहमदले ५५ बलमा ३ चौका र १ छक्कको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । नेपाल ए टिमबाट अर्धशतक बनाउने बसिर पहिलो क्रिकेटर हुन् । राशिद खानले ६६ बलमा ५ चौकाको सहयोगमा ४० रन बनाए । खान क्यानडाका कप्तान साद विन जाफरको बलमा बोल्ड आउट भए । ओपनर मयन यादवले ५६ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए । ३५ रन बनाएका यादव हर्ष थाकरको बलमा आउट भए ।

किरण ठगुन्नाले ३२ बलमा ३ चौकाको सहयोगमा २५ रन बनाए । विवेक यादवले ३४ बलमा १ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । विवेक र बसिरले सातौ विकेटका लागि ५९ रनको साझेदारी गरे ।

सन्दीप जोराले २५ बलमा १४ रन बनाए । क्यानडाका लागि कप्तान साद विन जाफरले ३ तथा ईश्वरजित सोहीले २ विकेट लिए ।

नेपाल ए ले पहिलो पटक ३ खेलको एकदिवसीय सिरिज क्यानडा एघारसँग खेलिरहेको छ । क्यानडा एघारसँगको दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार छ ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]