क्यानडा माथि नेदरल्यान्ड्सको जित

२०८१ भाद्र ८, शनिबार १४:५२

घरेलु टोलीले नेदरल्यान्ड्समा त्रिकोणात्मक टि२० आई सिरिजमा विजयी सुरुवात गरेको छ ।

स्पोर्टपार्क मार्सचलकरवेर्ड, यूट्रेक्टमा शुक्रवार भएको खेलमा नेदरल्यान्ड्सले क्यानडा माथि पाँच विकेटको जित निकालेको छ ।

क्यानडाले दिएको १ सय ५३ रनको मध्यम लक्ष्य नेदरल्यान्ड्सले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिट र विक्रमजित सिंहले अर्धशतक पूरा गरे । लेभिटले ४७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६२ जोडे।

विक्रमजित सिंहले २१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए । म्याक्स ओडाउडले २३ रन थपे ।

क्यानडाका लागि हर्ष ठाकर र साद विन जाफरले समान २ तथा कलिम सानाले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रनको मध्यम योगफल तयार गरेको थियो ।

क्यानडाका कप्तान निकोलस किर्तनले ५८ बलमा ८ चौकाको सहयोगमा नट आउट रहँदै सर्वाधिक ६९ रन जोडे । रविन्द्रपाल सिंहले १८ बलमा १ चौका र ४ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए ।

नेदरल्यान्ड्सका लागि काइल क्लेनले ३, जैच लायन कैचेट र ड्यानियल डोरमले समान १ विकेट लिए । सिरिजमा शनिवार क्यानडा र अमेरिकाबीच खेल हुँदैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy