क्यानडा र नेपाल खेल्दै

काठमाडौं । क्यानडा त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा सिरिजमा आज नेपालले घरेलु टोलीसँग खैल्दैछ । नेपालको खेल किंग सिटीमा मंगलवार राति ९ः४५ बजे हुनेछ ।

आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । पहिलो खेलमा क्यानडाले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो ।

दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो । नेपालले जितका लागि दिएको १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भएको थियो ।

क्यानडाले पहिलो खेलमा नेपाललाई पराजित गरेकोमा मंगलवार बिहान सकिएको खेलमा भने ओमानसँग पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो जितको खोजीमा रहेका छन् । नेपालले चौथो खेलमा बुधवार ओमानको सामना गर्नेछ ।





थप समाचार

NPL : न्युजिल्यान्डका निशम जनकपुर बोल्ट्समा आबद्ध

नेपाल प्रिमियर लिगको टिम जनकपुर बोल्ट्सले चर्चित न्युजिल्यान्ड क्रिकेटर जिम्मी निशमलाई टिममा आबद्ध गरेको छ। आसिफ शेख मार्की खेलाडी रहेको […]

पूजाको कप्तानीमा यु-१९ विश्वकप एसिया छनोटको लागि नेपाली टिमको घोषणा

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा […]

बिपी कोइराला स्मृति कप : सेमीफाइनल समीकरण पुरा 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। सिद्धार्थ रंगशाला मैदानमा बुधबार जित्नै पर्ने […]

वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा […]

सन्दिपको उत्कृस्ट प्रदर्शन बाबजुद ब्याटिंग नचल्दा अभ्यास खेलमा नेपाल पराजित

अमेरिका भ्रमण अन्तर्गत रहेको नेपाली क्रिकेट टिमले अमेरिका ‘ए’ संग अभ्यास खेलमा ४ विकेटले पराजित भएको छ। घरेलु टोलि स्कटल्याण्ड […]

सन्दिप जोराको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा

हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि […]